बालकचहरीमा बालविवाह न्युनिकरणको प्रतिवद्धता

हुम्ला– जिल्लाका अधिकारीले वालविवाहको अन्त्यको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पछिल्लो समय परम्परागत साँस्कृति र सामाजिक सञ्जालका कारण जिल्लामा बालविवाहको दर बढदै गएको बताएका सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले यसका लागि गाउँपालिकाले जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिमकोटमा आयोजना गरिएको बालकचहरी कार्यक्रमलाई संबोद्धन गर्दै अध्यक्ष लामाले भने, “पछिल्लो समय फेसवुक र मोवाईल फोनले समेत बालविवाहको संख्या बढ्दै गएको छ ।
यसमा समेत नियन्त्रण गर्ने र सचेतनाजगाउने कार्यक्रम सञ्चालनगर्न आवश्यत्तामहशुस गरेको छु ।”
जिल्लाका सबै स्थानीयतह र जिल्ला समन्वयले बालविवाहको न्यूनिकरण्मा लाग्नु पर्ने बताएका जिल्ला समन्वय समितिका प्रमूख दानबहादुर रावतले बाल विवाह अन्त्यमा सहयोग गर्न सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिए ।
हुम्लाको समाजमावालविवाहजरो गाडेर बसेको बताएकाप्रमूख रावतले साँस्कृती विकृतीलाई निर्मुल पार्न कानुनी भन्दा पनि व्याहारिक रुपले लाग्नु पर्ने बताए ।
बालविवाहलाई न्युनीकरण गर्न सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका पहिलो स्थानीय तह भएको बताएका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बाल विवाहको अन्त्य गर्न जिल्लाको चेतना, आचरण र ब्यवहारको परिवर्तन गर्नु पर्नेमा जोड दिए ।
बाल विवाह सम्बन्धि उजुरी अहिले सम्मन परेको बताएका जिल्ला प्रहरी कार्यालय हुम्लाका इनिष्पेक्टर राजेन्द्रबहादुर सिंहले समाजमा मिला पत्र गर्ने पथाले बालवालिका बाल विवाहका शिकार भएको बताएका ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका ४ वटा माध्यमिक विद्यालयका छात्रछात्राले बालविवाहको अन्त्य गर्न भएका कानुनी तथा व्यवहारिक पहलका बारेमा जिल्लाका सरोकारवाला निकायका अधिकारीसँग जिज्ञासा राखेका थिए ।
गुर्डनेभस इन्टरनेशनलको आर्थिक सहयोगमा किर्डाक नेपालले आयोजना गरेको कचहरी कार्यक्रम सिमकोट गाउँपालिकाको समन्वयमा सम्पन्न भएकोे किर्डाक नेपाल हुम्लाका कार्यक्रम संयोजक जनक बुढाले जानकारी दिए ।