आर्थिक अभावमा ८ महिनादेखि वीर अस्पतालकाे बेडमै रावल

हुम्ला- मृगौला प्रत्याराेपण गर्न आर्थिक अभाव भएपछि ८ महिनादेखि काठमाडौकाे वीर अस्पतालकाे बेडमा हुम्लाकी महिला छटपटाइ रहेकी छन।
मृगौला प्रत्याराेपण गर्न १४/ १५ लाख आर्थिक अभाव भएपछि खार्पुनाथ गाउँपालिका-२ की ३६ वर्षिया देवीसरा रावल अस्पतालकाे बेडमै छिन।

०७६ साल बिरामीले थला परेकी रावलकाे आर्थिक अभावले उपचार हुन सकेकाे बिरामीकाे श्रीमान हर्कबहादुर रावलले जानकारी दिए।

साउन महिनादेखि श्रीमतीकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे रावलले दुखेसाे गरे। ८ महिनादेखि मृगौला प्रत्याराेपणकाे लागि डाइलेसिस गरि रहेकाे उनले बताए।

हप्ताकाे दुई पटक डाइनेसिस गर्न बाध्य भएका छाै आर्थिक अभाव छ मृगौला प्रत्याराेपण गर्न सकिएकाे छैन रावलकाे भनाई छ।

सहिद धर्मभत्त मृगौला प्रत्याराेपण गर्न भनेपनि आर्थिक अभावले श्रीमती अस्पतालकाे बेडमै छटपटाइरहेकाे रावलले भने। वीर अस्पतालमा डाइनेसिस गर्दै ५/६ लाख खर्च भइसकेकाे गुनासाे गरे।

गाउँबाट ७० हजार ,सीता माध्यामिक विद्यालय छिपाले २० हजार,सिमकाेट गाउँपालिका स्थित रहेकाे रलिङ माध्यमिक विद्यालयबाट २५ हजार र भारतकाे सारम्पुर मजदुर,गर्दै आएका नेपालीहरूबाट १ लाख ५ हजार २० रूपैया सहयाेग भएकाे बताए। आमा सिद्व रावलले मृगौला दिने भनिएकाे छ तर आर्थिक अभाव हुदाँ सहिद धर्मभत्त मृगौला प्रत्याराेपण भर्ना गर्न नसकेकाे र ६/७ लाख अस्पतालले डिपाेजिट गर्न भनेकाे छ खर्च जुटाउन सकेका छैनाै सहयाेग अपिल गरेका छन ।
सहयाेगका लागि बिरामीका श्रीमान हर्कबहादुर रावलकाे ९८४९३६४६३५मा समर्पक गरि अपिल गरेका छन