पहिरोका कारण सर्केगाडमा ११ करोड क्षती, बिबरण अझै आउदै

हुम्ला,२७ साउन । दुई दिन गएको पहिरोका कारण ११ करोड को क्षती भएको छ ।

साउन १३ र १४ गते  हुम्लाको सर्केगार्ड गाउँपालिकामा चार वटा वडामा गएको बाढी पहिरोबाट साढे एघार करोडको क्षती भएको हो । बाढी पहिरोले धान लगाएको खेत, विद्युत, पानी घट्ट, खानेपानी, तातो पानीको मुहान र बाटोमा क्षेती पुर्याएको छ ।  जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लले  गाउँपालिका का २, ३, ६ र ८ वडामा बाढी पहिरो जाँदा एघार करोड ४९ लाख ८९ हजार बराबरको क्षती पुगेको प्रहरी मुचुल्का जिल्लामा आएको बताए।

उनले प्रहरी मुचुल्का दैनिक आउने क्रम जारी रहेको कारण यो क्षेतीको विवरण अझै बृद्धि हुने बताए।  यो क्षती भएको विवरण वडा नम्बर २ को रिप, ३ को उनापानी, ६ को छ्यागी र ८ को राहदेबको रहेको छ। रिप गाउँको केही मात्र आएको अझै विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ।

बाढी पहिरोले क्षती पुर्याएको क्षेत्रमा जिल्लाबाट र माताहतका प्रहरी चौकीबाट गरि ४ सय ७१ जना प्रहरी खटिएका थिए। सो घटनाबाट मानवीय क्षती भने भएको थिएन।