हुम्लामा यसरी हुन्छ राजनितिक भागबण्डामा नियुक्ति!

हुम्ला,२७ पुस । हुम्लाको अदानचुली गाउँपालिकामा कर्मचारी नियुक्तिमा राजनीति भागबन्डा भएको तथ्य खुलेको छ । ०७९ साल साउन २० गते बसेको सत्ता गठबन्धन रहेका कांग्रेस ,माओवादी केन्द्र, नेकपा (एस) बिच कर्मचारी भागबन्डा गर्ने  निर्णय भएको तथ्य खुलेको हो ।

तत्कालिन मानबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले प्रमुख प्रशासकीय अधिकृत एकिकृत समाजवादीले सातौ तहको ल्याउने र सातौ तहको नआउन्जेल सम्मको लागि नेकपा माओवादी केन्द्रले सिफारिस गर्न निर्णय गरिएको तथ्य फेला परेपछि विवादमा आएको हो ।

अहिले कार्यपालिका बैठकले उपाध्यक्ष निकट स्वास्थ्य संयोजक हंश महतारालाई नियुक्ति गरिएको छ। तीन दलीय गठबन्धनको निर्णय इन्जिनियरमा नेपाली कांग्रेस सुचना अधिकारी, नेकपा ( एस) कृषिमा नेपाली कांग्रेस र भेटनरी शाखामा समाजवादी स्वास्थ्य शाखा कांगे्स र शिक्षा शाखामा माओवादी केन्द्रले कर्मचारी राख्ने निर्णय गरिएको छ । तीन दलीय गठबन्धनले बहानाबाजि गरि गोरखापत्रमा कर्मचारी पद परिपुर्तिमा विज्ञापन माग गरेको थियो ।

भागबन्डामा नेपाली कांग्रेसले १४ माओवादी केन्द्रले २३ र नेकपा एसले १४ सिट  कर्मचारी नियुक्ति भागबन्डा गर्न निर्णय भएको तथ्य सार्वजनिक भएसँगै गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पक्षबिच विवाद चुलिदै आयको छ ।