नाम्खा गाउँपालिका ६ गाँउ २ महिनादेखि सञ्चार विहिन

हुम्ला–उत्तरी नाम्खा गाउँपालिकाका ६ गाउँका स्थानीय २ महिनादेखि सञ्चार विहिन बनेका छन । नाम्खा गाउँपालिका ३ स्थित इलिङ्ग डाँडामा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि संञ्चार बिहिन भएका हुन ।
हुम्लाका ७ वटा स्थानीय तह भन्दा ठुलो क्षेत्रफल रहेको उत्तरी नाम्खा गाउँपालिका सञ्चार सेवा नहुँदा जनताले सहजै सुचना आदानप्रदान गर्ने पाएका छैनन ।

नेपाल टेलिकमको टावर बिग्रेपछि नाम्खा गाउँपालिकाको यारी,मुचु,याङ्गगार,याल्वाङ्ग, चाला,केर्मी लगायतका स्थानीयलाई समस्या भएको छ ।  २ महिनादेखि टेलिकमको टावर बिग्रेपछि आफुहरु सुचना आदानप्रदान गर्ने निकै कठिन भएको नाम्खा गाउँपालिका ३ का स्थानीय गुटुप तामाङले जानकारी दिएका छन ।

बेलाबेला टावर बिग्रि रहदा आफुहरु प्रत्यक्ष रुपमा मर्कोमा पर्ने गरेको तामाङले बताउनुभयो । नेपाल टेलिकमका प्राविधिहरु इलिङ्गडाँडामा रहेको टावर मर्मत गर्ने गएपछि हिमपातले समस्या भएको र सामान आफुहरुसँग नभएपछि मर्मत गर्ने समस्या भएको टेलिकम हुम्लाले जनाएको छ ।