मन्त्रीको रोजाइका कारण रेक्टर पद चिट्ठामा !

जुम्ला,१८ असार । जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा शिक्षाद्यक्ष अर्थात रेक्टर नियुक्त गरिएको छ ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले फार्माकोलोजिस्ट डा डबल धामीलाई रेक्टरमा नियुक्त गरेका हुन्। प्रतिस्ठानको रेक्टर बिगत केही महिनादेखी रिक्त रहेको थियो ।

आइतबार स्वास्थ्यमन्त्री मोहन वस्नेतले धामिलाइ रेक्टरमा नियुक्त गरे संगै आलोचना बढेको छ । पुर्व मन्त्री तथा माओबादी नेता नरेश भण्डारिले रेक्टर निउक्ती प्रती गम्भीर ध्यानाकर्षण भएको बताएका छन । भण्डारीले सामाजिक संजालमा भनेका छन “पहिलो शिफारिसलाई रद्दीको टोकरीमा मिल्क्याउदै दोश्रो शिफारिस गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रेक्टर नियुक्त गरिएको लज्जास्पद निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको छ । राज्य शक्तिको दुरुपयोग गरी पिछडिएको क्षेत्रका जनताहरुको जीवन रक्षार्थ स्थापित यस संस्थाको हुर्मत लिनेगरी गरिएको यस कार्यको घोर भर्त्सना समेत गर्दछु।  भण्डारीले आगामी दिनमा यस्ता कुत्सित कार्यहरु दोहोरिए प्रतिवाद गरिने पनि उल्लेख गरेका छ्न ।

धामिलाइ चिट्ठा 

मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा मंगल रावलको सिफारिसका आधारमा डा धामीलाई नियुक्त गरेका हुन। उपकुलपति डा रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए।

यसअघि रेक्टरका लागि अन्य तीन जनाको नाम सिफारिस भएको थियो। तर मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका हुन्।

धामी संगै  डा भुमिराज क्षेत्री र डा कुशल भट्टराईको नाम सिफारिस भएको थियो । तर धामिनै मन्त्री बस्नेतको रोजाइमा परेपछी प्रतिस्ठानमा धामिलाइ चिटठा परेको हल्ला सुनिन थालेको छ । उपकुलपति डा रावलले रेक्टरका लागि यसअघि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका थिए।

डाक्टर  धामी प्रतिस्ठानमा औषधि बिशेषगज्ञ अर्थात फार्माकोलोजिस्ट का रुपमा कार्यरत छ्न ।