२९ कात्तिक
देवकोटाका पत्नी पार्वता थापा देवकोटाका अनुसार काठमाडौँ आउनलाई बसको टिकट काटेको तर हिड्ने बेला उक्त सिटमा समितिले अरुलाई नै बसेलापछि विवाद सुरु भएको थियो । देवकोटाले सिट सहितका दुई टिकट काटेका थिए तर समितिले दुबै सिटमा अरुलाई नै बसालेको थियो । बच्चालाई एउटा सिटको व्यवस्थापन गर्न आग्रह गर्दा करिब ७ बजेतिर उल्टै आक्रमण भएको पार्वताले बताइन् ।
पत्रकार देवकोटाको टाउको र आँखामा गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि चोट लागेको छ । उनका कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । टाउकाको सिटीस्केन गरिएको छ ।
अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाडौं ल्याउनु पर्ने हुन सक्ने बताइएको छ ।
कालिकोट घर भएका देवकोटा जनयुद्धकालदेखि जनपक्षीय पत्रकारितामा क्रियाशिल छन् । हाल रेडियो थाहा सन्चारमा कार्यरत छन् ।
कर्णाली रैवार संवाददाता । ३० कार्तिक २०७५, शुक्रबार १८:५६