छक्कबहादुरलाई छक्क पार्दै सञ्चारमन्त्रीको घोषणा– हुम्ला सूचना प्रविधिमा काठमाडौं जस्तै हुन्छ

९ माघ, काठमाडौं । हुम्ला सदरमुकामसहित सिंगो जिल्ला हिउँले पुरिएका बेला त्यहाँबाट निर्वाचित सांसद छक्कवहादुर लामा गाउँपालिका अध्यक्षहरु र वडाध्यक्षसहित बुधवार सञ्चार मन्त्रालयमा पुगे ।

हुम्लीलाई हेपिएको गुनासो गर्दा गर्दै सन्चारमन्त्री गोकुल बास्कोटाले उनलाई रोकेर भने– हिजो के भयो थाहा छैन, तर अब हुम्ला र सिंगो कर्णालीलाई सकारात्मक विभेदको नीतिबाट संरक्षण गरिन्छ ।

तिब्बत मानसरोबरसँग सीमाना जोडिएको नाम्खा गाउँपालिका अध्यक्ष बिष्णु लामाले सिंगो गाउँपालिका सञ्चार सम्पर्कबाट विच्छेदको अवस्थामा रहेको सुनाउनासाथ मन्त्रीले जेठको डेडलाइन दिए । हुम्लामात्र होइन, कर्णालीलाई टेलिफोन र इन्टरनेटको पहुँच दिलाउन आफूले सकारात्मक विभेदको नीति अपनाएको उनले सुनाए ।

सांसद र गाउँपालिकाका जनप्रतिनिधिलाई उनले भने, ‘अब हुम्लीले चित्त दुःखाउनुपर्दैन, वर्ष दिनभित्र कर्णाली सञ्चार प्रविधिको हिसाबले काठमाडौंजस्तै हुन्छ । नाम्खामा जेठभित्र इन्टरनेट आउँछ । म नचाहिने आश्वासन दिन्नँ । अहिले मैले चाहेर पनि प्राविधिक टोली तपाईहरुको गाउँमा पुग्न सक्दैन ।’

हुम्लाका अधिकांश गाउँमा टेलिफोन पुगेको छैन । त्यसैले उनीहरुको माग टेलिफोन टावर राखियोस् भन्ने रहेछ । अघिल्लो वर्ष टावरको ठेक्का पाएका ठेकेदार नै भागेपछि गाउँपालिका अध्यक्षहरु टेलिकममा धेरै धाए । तर, टेलिकमका सम्बन्धित अधिकारीले ‘मन्त्रीको ज्याक’ लाएमात्रै काम हुने भनेपछि उनीहरुले आफ्ना सांसद छक्कबहादुर गुहारे ।

स्थानीय तहका जनप्रतिनिधि लिएर सिंहदरबार पुगेका सांसद छक्कबहादुरले मन्त्रीलाई भने, लौ हेरौं माननीयज्यूको पहुँच कति रहेछ भनेपछि मन्त्रीज्यूसँग गुहार माग्न आएँ । भूगोलले त हामीलाई ठग्यो नै, कम्युनिस्ट पार्टीको सरकारले त नठग्ला भनेर आयौं । टेलिफोन टावर र मोबाइल चल्ने व्यवस्था होस् ।

टावर माग्न गएका हुम्लीलाई सञ्चारमन्त्री बास्कोटाले बोनस आश्वासन थपिदिए । उनले टावर र इन्टरनेट सेवा एक वर्षभित्र काठमाडौं सरह हुने आश्वासन दिँदै बोनस स्वरुप हरेक गाउँपालिकामा इन्टरनेट र एपका साथै स्कूलहरुमा कम्प्युटर ल्याब पठाइहाल्ने बताए । उनले सूचांकमा पछि परेका कर्णाली र प्रदेश २ लाई आफूले प्राथमिकतामा राखेको बताए ।

मन्त्री बास्कोटाले भने– मैले चुनाव जितेको जिल्लामा ४ लाखभन्दा बढी जनसंख्या छ, तर जम्मा चार स्कूललाई कम्प्युटर ल्याब दिन सकेँ । तर, हुम्ला र प्रदेश दुईलाई मैले त्यो भन्दा धेरै दिएको छु । अब केही समयमै कम्प्युटर ल्याब जडान हुनेछन्, उद्घाटन गर्न आउँला । कुनै पनि हिसाबले अब हुम्लालाई सूचना प्रविधिको हिसाबले काठमाडौंसरह बनाउँछु, नहुने कुरा म बोल्दै बोल्दिनँ ।

हुम्लामा गत वर्षको चुनावमा बाम गठबन्धनका बागी उम्मेदवार बनेर जितेका छक्कबहादुर लामाले मन्त्रीले बोलेको काम गरिदिए हुम्लामा हर्षबढाइँ हुने बताए ।

उनलाई मन्त्रीले जिल्लाका कुन कुन ठाउँमा टावर चाहिएको हो, सो खुलाएर निवेदन ल्याउन आग्रह गर्दै भने, काठमाडौंमा सुविधा छ, सुन्दरता चाहियो, हुम्लामा सुन्दरता छ, सुविधा अब हामी दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

80%

खुसी

1%

दुःखी

6%

अचम्मित

7%

उत्साहित

5%

आक्रोशित

ट्रेन्डिङ

Advertisment

काठमाडौं । हुम्ला सदरमुकामसहित सिंगो जिल्ला हिउँले पुरिएका बेला त्यहाँबाट निर्वाचित सांसद छक्कवहादुर लामा गाउँपालिका अध्यक्षहरु र वडाध्यक्षसहित बुधवार सञ्चार मन्त्रालयमा पुगे ।

हुम्लीलाई हेपिएको गुनासो गर्दा गर्दै सन्चारमन्त्री गोकुल बास्कोटाले उनलाई रोकेर भने– हिजो के भयो थाहा छैन, तर अब हुम्ला र सिंगो कर्णालीलाई सकारात्मक विभेदको नीतिबाट संरक्षण गरिन्छ । तिब्बत मानसरोबरसँग सीमाना जोडिएको नाम्खा गाउँपालिका अध्यक्ष बिष्णु लामाले सिंगो गाउँपालिका सञ्चार सम्पर्कबाट विच्छेदको अवस्थामा रहेको सुनाउनासाथ मन्त्रीले जेठको डेडलाइन दिए । हुम्लामात्र होइन, कर्णालीलाई टेलिफोन र इन्टरनेटको पहुँच दिलाउन आफूले सकारात्मक विभेदको नीति अपनाएको उनले सुनाए ।

सांसद र गाउँपालिकाका जनप्रतिनिधिलाई उनले भने, ‘अब हुम्लीले चित्त दुःखाउनुपर्दैन, वर्ष दिनभित्र कर्णाली सञ्चार प्रविधिको हिसाबले काठमाडौंजस्तै हुन्छ । नाम्खामा जेठभित्र इन्टरनेट आउँछ । म नचाहिने आश्वासन दिन्नँ । अहिले मैले चाहेर पनि प्राविधिक टोली तपाईहरुको गाउँमा पुग्न सक्दैन ।’

हुम्लाका अधिकांश गाउँमा टेलिफोन पुगेको छैन । त्यसैले उनीहरुको माग टेलिफोन टावर राखियोस् भन्ने रहेछ । अघिल्लो वर्ष टावरको ठेक्का पाएका ठेकेदार नै भागेपछि गाउँपालिका अध्यक्षहरु टेलिकममा धेरै धाए । तर, टेलिकमका सम्बन्धित अधिकारीले ‘मन्त्रीको ज्याक’ लाएमात्रै काम हुने भनेपछि उनीहरुले आफ्ना सांसद छक्कबहादुर गुहारे ।

स्थानीय तहका जनप्रतिनिधि लिएर सिंहदरबार पुगेका सांसद छक्कबहादुरले मन्त्रीलाई भने, लौ हेरौं माननीयज्यूको पहुँच कति रहेछ भनेपछि मन्त्रीज्यूसँग गुहार माग्न आएँ । भूगोलले त हामीलाई ठग्यो नै, कम्युनिस्ट पार्टीको सरकारले त नठग्ला भनेर आयौं । टेलिफोन टावर र मोबाइल चल्ने व्यवस्था होस् ।

टावर माग्न गएका हुम्लीलाई सञ्चारमन्त्री बास्कोटाले बोनस आश्वासन थपिदिए । उनले टावर र इन्टरनेट सेवा एक वर्षभित्र काठमाडौं सरह हुने आश्वासन दिँदै बोनस स्वरुप हरेक गाउँपालिकामा इन्टरनेट र एपका साथै स्कूलहरुमा कम्प्युटर ल्याब पठाइहाल्ने बताए । उनले सूचांकमा पछि परेका कर्णाली र प्रदेश २ लाई आफूले प्राथमिकतामा राखेको बताए ।

मन्त्री बास्कोटाले भने– मैले चुनाव जितेको जिल्लामा ४ लाखभन्दा बढी जनसंख्या छ, तर जम्मा चार स्कूललाई कम्प्युटर ल्याब दिन सकेँ । तर, हुम्ला र प्रदेश दुईलाई मैले त्यो भन्दा धेरै दिएको छु । अब केही समयमै कम्प्युटर ल्याब जडान हुनेछन्, उद्घाटन गर्न आउँला । कुनै पनि हिसाबले अब हुम्लालाई सूचना प्रविधिको हिसाबले काठमाडौंसरह बनाउँछु, नहुने कुरा म बोल्दै बोल्दिनँ ।

हुम्लामा गत वर्षको चुनावमा बाम गठबन्धनका बागी उम्मेदवार बनेर जितेका छक्कबहादुर लामाले मन्त्रीले बोलेको काम गरिदिए हुम्लामा हर्षबढाइँ हुने बताए ।

उनलाई मन्त्रीले जिल्लाका कुन कुन ठाउँमा टावर चाहिएको हो, सो खुलाएर निवेदन ल्याउन आग्रह गर्दै भने, काठमाडौंमा सुविधा छ, सुन्दरता चाहियो, हुम्लामा सुन्दरता छ, सुविधा अब हामी दिन्छौं ।’onlinekhabar.com