नेपालमा २१ वर्षीय एक युवकको बर्ड फ्लूकाे कारण मृत्यु भएको छ । नेपालमा बर्ड फ्लूको कारण मृत्यु भएको यो पहिलो घटना हो।
ती युवा गत चैत १० गते ज्वरो र रुघाखोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए।
उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि चलाइयाे । तर, श्वासप्रश्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि परीक्षणकाको लागि पठाइएको र्यालमा एच फाइब एन वान पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनको र्यालको नमूना परीक्षणका लागि जापान पठाइएको थियो । नमूना परिक्षणको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आइपुगेको थियो।
स्वास्थ्य मन्त्रालयमा बिहीबार घटनाको जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा मृतकको नाम भने खुलाइएको थिएन् ।
कर्णाली रैवार संवाददाता । १९ बैशाख २०७६, बिहीबार २१:१३