सांया स्वास्थ्य चौकिमा अल्ट्रासाउन्ड सेवा सुचारु

हुम्ला, १४ बैशाख । हुम्लाको सर्केगाड पालिकामा अल्टासाउण्ड सेवा सुरु भएको छ ।

सर्केगाड गाउंपालिकाको सांया स्वास्थ्यचौकिमा बिहिबार बाट सो सेवा सुरु भएको हो । ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु भएको सर्केगाड पालिकाका स्वास्थ्य शांखा प्रमुख किरण बुढाथोकिले कणालिरैबारलाइ बताए ।
संघिय सरकारको सहयोगमा सेवा सुरु गरेको प्रमुख श्रेय पालिकाका उपप्रमुख चन्द्र सिंह कार्कि, सर्केगाड पालिका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर रावत लगाएतलाइ जाने स्थानिय बासिन्दाले बताएका छन ।हुम्ला जस्तो बिकट गाउँ ठाउंमा अल्ट्रासाउण्ड सेवा सुचारु हुंदा यहाका गर्भवतिमहिलाले अधिकतम सेवा लिने स्वास्थ्य प्रमुख किरणण बुढाथोकिको भनाइ छ ।
सेवा सुचारु गरेको दिन बिहिबार ७ जना गर्भवती आमाहरुले निशुल्क सेवा लियका छन । उक्त सेवा दैनिक रुपमा संचालन हुने सांया स्वास्थ्यचौकी प्रमुख बबर जंग पालले बताए ।