बिष्णु फडेरा रिपाेटरकाे डायरी
हुम्ला– प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनाव सम्पन्न हुन मात्र दुई दिन बांकी छ ।
देश को ७७ वटै जिल्लामा चुनाबी रौनक बढिरहेको छ । हुम्ला जिल्ला पनी चुनावी माहोलले निकै तातेको छ ।
बिगतका चुनाब भन्दा यो चुनाबमा नेता कार्यकर्तामा उत्साह जागेपनी मतदाता मा भने उम्मेद्वार प्रति आशा भरोषा नरहेको प्रस्ट देखिन्छ ।
गत ५ बर्षे कार्यकाल उपलब्धी पुण नभएको गुनासो मतदाताको सुनिन्छ । हामिले गत ५ बर्षे कार्यकालमा भोट बिएर जिताएकै हो खै त कसैले केही त गरेनन ” सर्केगाढ २ का मतदाताको एकमुस्ट गुनसो यहि हो ।
हुम्लामा एउटा प्रतिनिधि सभा र दुइटा प्रदेश सभा रहेका छन ।
प्रदेश( क) ९ हजार ८ सय ४ जना पुरुष र ९ हजार २६ जना महिला सहित कुल १८ हजार ८ सय ३० जना रहेका छन । प्रदेश (ख) मा ७ हजार ३ सय २४ जना पुरुष र महिला ६ हजार ७ सय ३ जना गरि कुल १४ हजार २७ मतदाता रहेका छ्न ।
करिब ३३ हजार मतदाता रहेको ७ वटै गाउँ पालिकामा संघ मा नेकपा एमाले एक्लै चुनाबी मैदानमा छ भने नेकपा माओबादी र नेपाली कंग्रेस सहित गठबन्दन को संयुक्त उम्मेद्वार छ्न । प्रदेश( ख) मा गठबन्दन र एमाले चुनाबी मैदानमा रहेता पनि प्रदेश (क) मा भने गठबन्धन संगै स्वतन्त्र उम्मेद्वार पनि चुनावी मैदान मा छन ।
मतदाता रिझाउन उम्मेद्वार गाउंगाउमा पसे पनि मतदाताको चाहना पूरा गर्ने उम्मेद्वार खोजी गरिरहेको प्रस्ट बुझिन्छ ।
यो पटक को चुनाब मा पार्टी भन्दा ब्यक्ती हेरेर मतदान गरिन्छ भन्ने मतदाताको स्वर प्रस्टै सुनिन थालेको छ ।
समग्र हुम्लामा गठबन्दन बलियो देखियता पनि उम्मेद्वार को हिसाब हेर्दा संघमा दल रावलको माहोल प्रस्ट देखिन्छ भन्ने मतदाताको बोली रहेको छ ।
पांच बर्ष को एक पटक आउने चुनाब मा केही गर्न सक्ने नेतृत्व नेता छान्न नसक्नु भनेको हुम्ला अबको ५ बर्ष पछाडी धकेलिने हो कि भन्ने चिन्ता धेरैको छ ।
मतदाताको गुनासो ” पार्टी भन्दा ब्यक्ती हेर्छौं अब ” मतदाता भनाई छ ।
कर्णाली रैवार संवाददाता । २ मंसिर २०७९, शुक्रबार १४:००