सिमकोट गाउँपालिका उपाध्यक्ष रावतद्धरा विपन्न बालबालिकालाई अक्षयकोष

हुम्ला –सिमकोट गाउँपालिक उपाध्यक्ष बली रावतले आफुले प्राप्त गर्ने ५वर्षको अवधीमा पारिश्रमिक वापत पाउने १६ लाख २५ हजारको अक्षय कोष स्थापना गरेका छन ।

कर्णाली प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीलाई तोकेको महिनाको पारिश्रमिकलाई आफना स्वर्गिय आमा र वुवाको नाममा प्रदान गर्ने गर्नु भएको छ ।

हुम्ला जिल्लाका विपन्न वालिवालिकालाई छात्रावृद्धि प्रदान गर्न आफना स्वर्गिय आमा बुवाको नाममा अकबरे लक्षी स्मृती शैक्षिक अक्षय कोषको स्थापना गरेका छन ।
जिल्लाका बिपन्न तथा गरिब बालबालिकाहरुको शिक्षामा खर्च गर्न गरी आफुले अक्षय कोष स्थापना गरेको उपाध्यक्ष बली रावतले बताए ।

सिमकोटमा आयोजना गरिएको कार्यक्रममा अहिले २६ महिनामा पाएको पारिश्रमिक बापतको ६ लाख २५ हजार रकम हस्तान्तरण गदै उपाध्यक्ष रावतले भने म ९ वर्षको उमेरमा आमा बित्नुभयो र २१ वर्षको म हुदा बुबा बित्नुभयो आर्थिक अवस्थाले मैले विद्यालय पढन पाइन ।

उपाध्यक्ष रावतको छ । जिल्लाका अति विपन्न वर्गका वालवालिकालाई त्यस्तो अवस्था नहोस भन्न आफूले कोषणको स्थापना गरेको उपाध्यक्ष रावतको भनाई छ ।
प्रमूख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमूखको संरक्षकत्वमा रहने अक्षय कोषमा जम्मा हुने १६ लाख २५ हजार बाट प्राप्त ब्याजले हरेक वर्ष छनोट भएका वालवालिको शिक्षामा छात्रावृती प्रदान गरिने भएको छ ।

अक्षय कोषको चेक बुझदै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशकै उदारिणय काम सिमकोट गाउँपालिकाको उपाध्यक्ष रावतले गरेको प्रशंसा गरेका छन् ।
मुख्यमन्त्री शाहीले भने अरुको रिस डहा गर्न प्रवृति कर्णालीमा छ अर्कोले गरेको प्रगति देख्दा दुःखी हुनु भन्दा आफुले प्रगति किन गर्न सकिने भन्ने विषयमा दुःखी हुनुपर्ने मुख्यमन्त्री शाहीले बताए ।
अरुका निम्ती सोच्ने व्यक्ति कमै हुन्छ आफना निम्ती सोच्ने व्यक्ति धेरै हुन्छन् मुख्यमन्त्री शाहीले भने ।