हुम्ला,५ बैशाख । सर्केगाड गाउंपालिकाको बेरुजु रकम करिब ५ करोड पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा कानुन बमोजिम रुजु नभएको रकम साढे ५ करोड देखिएको हो । यो बर्ष ५ करोड ७४ लाख ४२ हजार ५५५ बेरुजु देखिएको हो ।
सर्केगाड गांउपालिका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर रावत का अनुसार यो रकम समयमै सम्परिक्षण गराउने हो भने करिव २ करोड बेरुजु फरफारक हुने देखिन्छ । उक्त रकम गत आ.व २०७६/७७ को भन्दा करिब १० करोड कम बेरुजु हुने रावतको भनाइ छ । उनले कणालिरैबार संगको कुराकानिमा भने ” आ.व.२०७६/७७ भन्दा आ.ब.२०७८/७९ मा सम्परिक्षण पछि करिब १० करोड बेरुजु घट्छ र त्यसपछी जम्मा जम्मी २ करोड हुने अनुमान छ । म सर्केगाड गाउंपालिकामा आउंदा गत आ.व. भन्दा बेरुजु रकम कम गर्न नसके राजिनामा दिन्छु भनेर घोषणा गरेको थिंय त्यो बाचा मैले केही हद्सम्म पूरा गरेको छु । अब समयमै समपरिक्षण गर्ने तिर केन्दृत हुन्छु ” रावतले भने ।
बिस्नु फडेरा । ५ बैशाख २०८०, मंगलवार ०९:५९