चंखेलीमा दुई दिने निशुल्क स्वास्थ्य शिबिर हुने

हुम्ला,१२ बैशाख । हुम्लाको चंखेली गाउँपालिकाले २ दिने निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ ।

यहि जेठ ४ र ५ गते महादेव माबी देउलिमा २ दिने निशुल्क स्वास्थ्य शिबिर गर्ने पालिकाले बताएको छ ।
काठमाडौं मेडिकल कलेज सिनामंगल को प्राबिधिक सहयोग मा शिबिर संचालन हुन लागेको हो ।शिबिर मा जनरल मेडिसिन,प्रसुती तथा स्त्री रोग,बाल रोग,सर्जरी,हाड जोर्नी तथा नसा रोग लगायत छाला , नाक कान घाँटी लगायत जाँच हुने संचार अधिकृत तारा बहादुर कार्किले बताए ।