वार्षिक उत्सव जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले केक काटेर उद्घाटन गरेका हुन्। अपांगता भएका बालबालिकाहरुका लागि शिक्षा क्षेत्रमा काम गर्ने उद्देश्यसहित हेड नेपाल सन २०१२ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो।

संस्था दर्ता भएयता भाडाको घरमा जिल्ला भरिका अपांगता भएका बालबालिकालाई आवासीय व्यस्था गर्दै अध्ययनको व्यस्था गर्दै आएकोमा एकवर्षयता आफ्नै नयाँ भवनमा आवासीय व्यस्था हुँदै आएको छ।

हेड नेपालले नयाँ भवन निर्माण पूरा भएको पहिलो तलाको उद्घाटनसमेत गरेको छ। भवनको उद्घाटन हुम्ला जिल्लाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सासद छिरिङ डम्डुल लामा र गिफ्ट फाउण्डेसनका प्रतिनिधिले संयुक्त रुपमा गरेका थिए।

त्यसैगरी आफ्नो वार्षिक उत्सवको अवसर पारेर संस्थाको एक वर्षमा भए गरेका कामको सार्वजनिक सुनुुवाइसमेत गरेको छ। सुनुवाइ कार्यक्रममा डिआएम कार्यक्रम संयोजक छिरिङ पाल्मुु लामा हालसम्म हेड नेपालद्वारा सम्पादन गरिएका गतिविधिको प्रस्तुति गरेकी थिइन्।

त्यसैगरी सुनुवाइ कार्यक्रममा वित्तीय खर्च विवरणसमेत प्रस्तुुत गरिएको थियो। त्यसगरी हेड नेपालमा आवासी व्यस्थामा बस्दै आएका अपांगता छात्रा छात्रहरुले आफ्नो साँस्कृृतिक कार्यक्रमसमेत प्रस्तुुत गरेका थिए।

कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावल, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा उपाध्यक्ष तक्दिर लामा, सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकाया, प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईलगायत सहभागी थिए।