सभामुख महराले दिए राजीनामा

काठमाडौं । जबर्जस्ती करणीको गम्भिर आरोप लागेका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले निर्देशन अनुसार सभामुख महराले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् ।

मंगलबार (आज) नेकपा सचिवालय बैठकले नैतिकताका आधारमा महरालाई राजीनामा दिन निर्देशन दिएको थियो। महरालाई सचिवालयले सभामुख र साँसद दुवैपदबाट समेत राजीनामा दिन निर्देशन दिएको थियो ।

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लागेको छ । आइतवार साँझ ती महिला कर्मचारीले सभामुख महरालाई तिनकुनेस्थित आफ्नो डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छन्।