अदानचुली गाउँपालिका पुर्ण खाेप पालिका घाेषणा

हुम्ला, १७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे निर्णय अनुसार पालिका,जिल्ला , प्रदेश घाेषणा गर्ने परिपत्र सँगै हुम्लाकाे अदानचुली गाउँपालिकालाइ  पुर्ण खाेप पालिका घाेषणा गरिएकाे छ।
“स्थानीय श्राेतकाे उपयाेग स्वामित्व र सहभागीता पुर्ण खाेप सुनिश्चितता हाम्राे प्रतिबद्वता” भन्ने नारा सहित पुर्ण खाेप पालिका घाेषणा गरिएकाे हाे ।

गाउँपालिका भित्रका वडा नम्बर १ देखि ६ नम्बर बालबालिकालाई पुर्ण रूपमा खोप लगाएर सम्पन्न गरेपछि पुर्ण खाेप पालिका घाेषणा गरिएकाे अदानचुली गाउँपालिकाका स्वास्थ्य संयाेजक हंश महताराले जानकारी दिए ।

पालिका भित्र छुटेका बालबालिका खाेजेर खाेप लगाउने अभियान सकिएपछि चाैथाे पुर्ण खाेप पालिका घाेषणा गरेकाे स्वास्थ्य संयाेजक महताराले बताए।

जिल्लाका सात पालिका मध्ये दुई पालिका पुर्ण खाेप घाेषणा गर्न कार्यक्रम बाँकी रहेकाे पुर्ण खाेप सुपरभाइजर सुरबिर शाहीले बताए।सर्केगाड ,र चंखेली गाउँपालिका पुर्ण खाेप घाेषणा अभियान सकिने बितिकै वैशाख १० गते जिल्ला स्तरमै पुर्ण खाेप जिल्ला घाेषणा गर्न लक्ष्य रहेकाे खाेप सुपरभाइजर शाहीले बताए। अदानचुली गाउँपालिका हुम्ला जिल्लाकै चाेथाे पुर्ण खाेप पालिका घाेषणा समाराेहमा जिल्ला समन्वय प्रमुख,शिवराज शर्मा,अदानचुली गाउँपालिकाका कायबाहक अध्यक्ष कमल छत्याल,जिल्ला खाेप सुपरभाइजर,सुरबिर शाही,जिल्ला अस्पताल हुम्लाका ल्याब टेक्निसियन रबिन्द देवकाेटा, तथ्यांक सहायक बसन्ति अर्याल लगायत उपस्थिति रहेकाे थियाे।