जुम्ला बहुमुखिमा ५ सय १३ मत मात्र खस्यो

जुम्ला, ५ चैत । जुम्ला बहुमुखी क्याम्पस मा ४ बज्नै लाग्दा ५ सय १३ मत खसेको छ ।

ठिक ४ बजे निर्बाचन को कार्य बन्द हुने हुंदा अहिले सम्म प्रत्यक्ष तर्फ ५ सय १३ र समानुपतिक तर्फ ५ सय १२ मत खसेको निर्वाचन अधिकृत प्रकाश चन्द खत्रीले बताए ।

उनका अनुसार महिला ३ सय ७ र पुरुष २सय ६ जनाको मत खसेको हो । समानुपातिक तर्फ भने ५ सय १२ मत खसेको हो । जुम्ला बहुमुखी क्याम्पसमा ७ सय ८२ जना भर्ना भए पनि ५ सय २८ जनाले परिचयपत्र बनाएको क्याम्पस प्रशासनले जनाएको छ ।