रबिको न्यायको लागि आफै जल्न लागे यी ब्यक्ती !

जुम्ला,१९ माघ । जुम्ला मा एकजनाले आत्मदाहको प्रयास गरेका छन ।

बिहिबार जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि पेट्रोल छर्केर लाइटर बाल्न खोज्दा नेपाल प्रहरिले उनलाइ नियन्त्रण मा लिएको हो । कोहलपुर निवासी कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा चालक को रुपमा रहेका गोकण कार्किले आत्मदाहको प्रयास गरेको जिल्ला प्रशासन कार्यालय ले जनाएको छ । उनले रबिलाइ न्याय दे भन्दै आत्मदाह को प्रयास गरेको भनिए पनि उनले मदिरा सेवन गरेको पनि खुलेको हो । कर्किलाइ अहिले कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा काउन्सिलिङ गरिदै छ ।

४१ बर्षिय कार्किले बिहान मदिरा सेवन गरेर म अब अनागरिक भए भन्दै प्रशासन  जान्छु भन्दै कराउदै हिडेको पाइएको छ । प्रहरी निरीक्षक यामबहादुर बुढामगर का अनुसार ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ने छ ।