लोकदोहोरी प्रतिस्ठानले सुर्खेतमा हुने महोत्सबमा सहभागी नजनाउने

सुर्खेत,२० माघ ।शुक्रबार देखि सुरु भएको दोर्सो रास्टिय औधोगिक ब्यापार,कृषि नबिनतम प्रबिधी प्रदशनी एबम पर्यटन महोत्सव मा लोकदोहोरी प्रतिस्ठान संलग्न नहुने भएको छ ।
रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान कणाली प्रदेश कार्यसमिती र जिल्ला कार्यसमितिले उक्त प्रतियोगितामा सहभागिता नजनाउने भएको हो । आज एक बिग्यप्ती निकाल्दै प्रतिस्ठान ले आफ्नो अस्तित्व माती आघात पुर्याउने र चोट पुर्याउदै आफुलाइ अपमानित गर्ने आयोजकको मनसाय देखिएकोले आफू महोत्सब मा संलग्न नहुने बताएको हो ।
प्रदेश कार्य समितिका अध्यक्ष हरिमाया कार्की जिल्ला कार्यसमिती अध्यक्ष चन्द्र मन्दिर मगर को हस्ताक्षर रहेको बिग्यप्तिमा लोक स्संकृतिलाइ बचाउन लागि पर्ने सस्थालाइ निरन्तर जोडिन प्रयास गर्दा पनि आयोजक ले अबमुल्यन , नजर अन्दाज र उपेक्षा गरेको जनाइएको छ ।

महोत्सब २० गते देखि २८ गते सम्म संचालन  हुने भएको छ ।