हुम्लाको विभिन्न ठाउँहरु अहिले सम्म क्यामारामा कैद हुन नसकेका ठाउँहरुलाई मैले कैद गर्ने क्रममा म यस पाली सिमकोट गाउँपालिका वडा नं.१ दोजाम गाउँमा पर्ने कोरोन भ्याली र चाङ्ला भन्ज्याङ लाई नजिकबाट अबलोकन र कैद गर्ने मौका पाएँ ।
यस कोरोन भ्याली र चाङ्ला हिमाल क्षेत्र एक पर्यटकिय गन्तव्य बन्ने सम्भावना मैले देखेको छु । यस क्षेत्रको भौतिक पुर्वाधारको विकास र त्यस क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न सके पर्यटकहरुलाई आर्कषण गर्न सकिने धेरै आधारहरु रहेका छन ।
यस कोरोन भ्याली र चाङ्ला हिमाल क्षेत्र एक पर्यटकिय गन्तव्य बन्ने सम्भावना मैले देखेको छु । यस क्षेत्रको भौतिक पुर्वाधारको विकास र त्यस क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्न सके पर्यटकहरुलाई आर्कषण गर्न सकिने धेरै आधारहरु रहेका छन ।
हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखी चाङ्ला भन्ज्याङ सम्म ८०.५ किलोमिटरको यात्रा गर्न सकिन्छ । यस यात्राको क्रममा कतै जंगलको बाटो,कतै खोला नाला, खाली खर्कहरु,मनमोहक पहाडहरु,विभिन्न खालका फुलहरु,विभिन्न किसिमका जडिबुटीहरुको सुगन्धले बाटोमा हिड्दा शरिर र खुट्टाका पैतलाहरु थकेको पत्तै पाईदैन । आँखालाई जता डुलाउँदा पनी हेरेर नसकिने सुन्दर कोरोन भ्यालीमा रहेका ति पहाड,खोला नाला,रंगी चंगी फुलहरु, मनोरम दृश्य,सुगन्धीत जडिबुटीहरुले एक छिन स्वर्गमा पुगेको महसुश हुँदो रहेछ । म त एक छिन म कहाँ छु भनेर आफुलाई नै बिर्सेको थिएँ ।
जब कालापानी क्षेत्र आईपुग्छ अनी अग्ला पाटनहरु देखिन थाल्छ लाग्छ कि अर्कै दुनियामा आइपुगेको जस्तो ।
घोडा र चौरीका वथानले झन मनमोहक तुल्याउँछ । त्यसपछि नजिकै रहेका खर्कालु संग सहकार्य गर्दै म घोडा लिएर चाङ्ला भन्ज्याङ ५३४२ मिटर सम्मको यात्रा पुरा गर्ने क्रममा अनेक तालहरु,विभिन्न खालका पहाडहरु र लेकका पाटनहरु अति नजिकबाट नियाल्ने मौका पाएँ ।
यो क्षेत्र चीनको सिमाना टाँके पर्छ तर कोरोनाको कारण यसपाली पनि पनि खुलेको रहेनछ त्यो नाका खुलेको भए मानिसहरु व्यापार ब्यबसायका लागी आउने भएको कारण चहलपहल बढी हुने गरेपनी यस वर्ष खर्काला र पशु बाहेक अन्य कोही पनी भेटीएन ।
वास्तवमै कोरोन भ्यालीलाई प्रचार प्रसार गर्न सके पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रशस्त आधार छन । अग्ला पाटन,बुकी,जंगली जनावर,नदी,ताल,भेडाबाख्राको पालन,वनचौरी र चाङ्ला हिमालले गर्दा यस क्षेत्रको महत्व झनै बढी छ ।
अबिनाश लामा । ८ फाल्गुन २०७९, सोमबार ११:५३