कर्णालीको हवाई समस्या समाधान गर्न इ-टिकटिंङ

मन्त्री श्रेष्ठ सहित को टोलि

सुर्खेत,1 कार्तिक,

कर्णालीको हवाई उडानका समस्या सामाधानका लागि पर्यटन मन्त्री जीवनराम श्रेष्ठ सँगको भेटपछि निजी जहाजका वायूसेवा कम्पनी निगमहरुले विद्यमान परिस्थितिमा अलपत्र परेका सम्पूर्णलाई चाडो भन्दा चाडो उद्धार गर्ने, ईटिकिट प्रणालीको व्यवस्थापन गरिने भएको छ ।

निगमका अध्यक्ष क्याप्टन रामेश्वर थापा, कर्णालीबाट प्रतिनिधित्व गर्ने कर्णाली सभाका सदस्य नरेश भण्डारी, अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहाकार मनऋषि धिताल, समिट एयरका महासचिव मनोज कार्की, तारा एयरका सदस्य सन्त कुमार प्रजापति सहितको उपस्थितिमा अलपत्र यात्रुको उद्धार तथा ईटिकट प्रणाली गर्ने निर्णय भएको हो ।

अध्यक्ष रामेश्वर थापाको अध्यक्षतमा बसेको वैठकले कर्णाली प्रदेशमा विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै कम्पनी सँग भएका स्रोत साधनको पुर्ण रुपमा प्रयोग गर्ने, शान्ति सुरक्षाको प्रत्याभुति गर्न ध्यानाकर्षण गराउने समेत निर्णय भएको छ ।

कर्णालीमा नियमित उडान नहुने, यात्रुले टिकट नपाउने र निजी विमान कम्पनीको मनपरीका कारण सर्वसाधारणले सहजै रुपमा जहाज चढ्न नपाउने भएकोले तत्काल सहज हवाइ यातायात सेवा प्रदान गर्ने वातावरण बनाई टिकट बुङिक प्रर्णाली अनलाइन गर्न माग गर्न सांसद भण्डारी लगायतले डेलिगेसन गएपछी निस्कर्ष निकालेको भण्डारिले बताए ।
कर्णालीमा यात्रुको चाप बढ्दा जहाज नआउने समस्याले हप्तौ सम्म यात्रुले विमान स्थलमा कुर्नु परिरहेको छ । बिरामी उड्न सकेका छैनन्। सर्वसाधारणले टिकट नपाएको व्यापक गुनासो छ ।