मौलिकता जोगाउन जुम्लामा बृहत् सास्कृतिक कार्यक्रम

जुम्ला,४ जेठ । मौलिकता जोगाउने उद्देस्यले दुई दिने बृहत् सांकृतिक कार्यक्रम गरिएको छ ।

“लोक संस्कृतिकको सम्मान,नव प्रतिभाको पहिचान” भन्ने मुल नाराका साथ जेठ ३ र ४ गते गरि दुई दिने कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम को पहिलो दिन एकल नृत्य प्रतियोगिता र एकल गायन प्रतियोगिता सम्पन्न गरेको थियो भने दोर्सो तथा अन्तिम दिन ४ गते देउडा प्रतियोगिता सम्पन्न गरेको लोक तथा दोहोरी गित प्रतिस्ठान जुम्लाका अध्यक्ष कण बुढथापाले बताए । एकल नृत्यका लागि ६ जना ले प्रतिस्पर्धा गरेका थिए ।

जसमा १ सय ६० अंक सहित सन्दिप रोकाया प्रथम १ सय ४५ अंक सहित भवना शाही दृतिय र आरति मगर १ सय ५५ सहित तृतिय भएका थिए । त्यस्तै एकल गाएन तर्फ २ सय २८ अंक सहित पुजा महत प्रथम दृतियमा २ सय १९ अंक सहित खडक परियार र २ सय ७ अंक सहित लक्ष्मी परियारले तृतिय स्थान हासिल गरे ।


देउडा प्रतियोगिता तर्फ सहिदगेट आमा देउडा समूह खल्लाल बाडा प्रथम भयो भने दृतिय ढांण थपला देउडा समूह र तृतित गुरुदेब देउडा समूह भएको दोहोरी प्रतिस्ठान कि पन्चकली बुढाले बताइन ।


एकल गाएन र एकल नृत्य मा भाग लिन प्रतियोगिले ३ सय सहभागी शुल्क र देउडा प्रतियोगिताका लागि सहभागी शुल्क ५ सय तोकिएको थियो । प्रतियोगितामा प्रथम हुनेले ८ हजार सहित प्रमाण पत्र , दृतिय हुने ले ५ हजार सहित सम्मन पत्र र त्तितिय हुनेले ३ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो ।


कार्यक्रम सामाजिक बिकास कार्यालय जुम्ला को सहगोग मा सम्पन्न भएको हो ।