तिनवर्ष पछि यारी भान्सारमा ४० हजार राजस्व संकलन!

हुम्ला,२६ पुस ।  हुम्लाकाे यारी भान्सार कार्यालयले ४० हजार राजस्व संकलन गरेकाे छ ।

 हुम्लाको हिल्सा नाका चिनले एकतर्फी नाका खुला गरेपछि ४० हजार राजस्व संकलन भएकाे हाे । हिल्सा नाका चिन सरकारले एकतर्फी खुला गरेपछि यारी भान्सार कार्यालयले ४० हजार राजस्व संकलन गरेकाे यारी भान्सार कार्यालय हुम्लाले जानकारी दिएकाे छ ।

चिनले एकतर्फी नाका खुलेपछि चिनबाट आउने घिउ,कपडा धुने सर्फ लगायतका सामान आयत भएपछि ४० बराबरीकाे राजस्व सकलन गरेकाे यारी भान्सार कार्यालय हुम्लाका कार्यालय प्रमुख रामराज जैसीले बताए । तीन वर्षदेखि हिल्स ठप्प छ सिमा क्षेत्र बसाेबास गर्दैँ आएका स्थानीय बासीहरूले चिन सरकारलाई हारगुहार गरेपछि एकतर्फी नाका सञ्चालन गएकाे नाम्खा गाउपालिका ६ वडाध्यक्ष पाल्जाेर तामाङले बताए ।

सरकारले कुनै यस विषयमा नाका खुलाउन पहल नगरेपछि नाम्खाबासीलाई समस्या भएकाे वडाध्यक्ष तामाङकाे भनाई छ । विगतका वर्षहरू दैनिक उपभाेग्य वस्तु आयातमा ठप्प भएपछि विकास निर्माणका सामान ठप्प भएकाे उनकाे भनाई छ ।