काेहलपुरमा युवककाे घाँटी रेटेर हत्या

कोहलपुरमा एक ब्यक्तिको निर्ममतापूर्वक हत्या गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित नयाँ बसपार्क नजिकै हत्या गरीएको अवस्थामा सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको शव भेटिएको हो ।
ठकुरीको घाँटी घारिलो हरियारले रेटिएकाले उनको हत्या भएको हुनसक्ने कोहलपुर प्रहरीले जनाएको छ । मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । स्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात ब्यक्तीले बोलाएको भन्दै शुक्रबार निस्कीएका ठकुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन ।

प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठी समेत बरामद गरेको छ ।  घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुर मार्फत अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जनाएको छ ।