हुम्ला–क्षेत्री जातीको बस्ती रहेका यहाँका २ गाउँका महिलाहरु राक्षस फकाउनको लागि चैतलो पर्व मनाउने गरेका छन । एउटा राक्षसले एउटीलाई लगेपछि सदरमुकाम सिमकोट र सिमकोट गाउँपालिका २ ठेहे गाउँमा प्रत्येक वर्षको फागुन १२ गते यो पर्व मनाउने प्रचलन रहेको छ ।
श्रीमानको दिघार्यु र घरका सबै परिवारको सुस्वास्थ्यको कामना गदै २ भागमा बाडिएर गीत गाउँदै नाच्ने चलन छ । महिलाहरुले परम्परागत पहिरन तथा गहनामा शृगारपटारका साथै पहेलो कपडा ओढेर गाउँकै मुख्य स्थानमा भेला भई गाउने र नाच्ने गर्दछन ।
बसन्त क्रृतुलाई स्वागत गरेको भन्दै मगालगानबाट सुरु हुने यो नाच दोहोरीका रुपमा चल्छ । यसमा गाइने गीत पौरणिक कथामा आधारित हुने स्थानीय बासिन्दाहरुले बताँउछन । चैतलो पर्व हुम्ला जिल्लाका सदरमुकाम सिमकोट र ठेहे गाउँमा मनाउने गरिन्छ । गाउँका स्थानीय बासिन्दाले राक्षसलाई फकाउन रंगीचगी कपडा लगाएकी महिलाको भेला गरी सुरु हुने किवदन्ती छ ।
मेला सुरु हुने स्थानहमा सबै भन्दा पहिले लिङगो ठडयाउने गरिदै आएको छ । त्यसपछि महिलाको गीतसहितको नाच सुरु हुने हुन्छ । बेलुकापख धामीले काँपेर सिला राखेपछि चैतलो मेलाको अन्त्य हुने स्थानीले बताए । बेलुका युवायुवती देउडामा रमाउने गर्दछन ।
यो चैतलो सदरमुकाममा भन्दा ठेहे गाउँमा बढी रमाइलो हुने स्थानीयहरुको अनुभव छ । ठेहे गाउँका बासिन्दा भेला हुने र नाच गान पनि समयमै सुरु हुनुका साथै घरघरमा मिष्ठान खाने कुरा खुवाउने चलन भएकोले पनि रमाइलो हुने गरेको हो । महिलाको पर्वमा पुरुषले पनि आफुबिच प्रतिस्पर्धात्मक खेल सञ्चालन गरेर आनन्द लिने गरेका छन ।
युवाले आफु बिच छेलो सञ्चालन गर्ने गर्दछन । (ढुङगा फयाक्ने प्रतिस्पर्धा) एक वर्षभरी नै जित्नेको चर्चा भईरहन्छ । सिमकोटमा केही वर्षयता यो खेल स्थानीय क्लबले सञ्चालन गदै आएका छन ।
क्लवले सञ्चालन गरेपछि नगद पुस्कार समेत राख्ने गरिएको छ ।
सिमकोटमा यो वर्ष अर्को स्थानीय शिव मन्दिर युवा क्लवले खुल्ला छेलो प्रतियोगिताको आयोजना गरेको छ । खेलकुद प्रतियोगिता विरलै हुने यो जिल्लामा यसबाट युवाहरु उत्साहित प्रदान गरेको छ ।
हिमपातले चैतलो पर्व अवरुद्ध
सदरमुकाम सिमकोट र सिमकोट गाउँपालिका २ स्थित ठेहे गाउँमा २÷३ दिन मनाउदै आएको चैतलो पर्व हुम्लामा पुन हिमपात भएपछि नाँच गान समेत अवरुद्ध बनेको हो । दिउसो २ बजेदेखि हुम्लामा पुन हिमपात भएपछि चैतलो नाच गान बन्द भएको छ । ७ औ पटक हुम्लामा हिमपातले यो वर्षको चैतलो नाच रमाइलो हुन नसकेको स्थानीय डबल रावतको भनाई छ । प्रत्येक वर्ष रमाइलो हुने चैतलो यो वर्ष खल्लो महसुस भएको रावतको रहेको छ ।
नरजन तामाङ । १३ फाल्गुन २०७५, सोमबार ११:०६