लामाले बख्खुमा सपथ लिए

हुम्ला, ८ पुस ।  हुम्लाको संघिय साँसद छिरिङ्ग डम्डुल लामा (कार्चेन) ले हुम्ली पहिरनमा संसदमा सपथ लियका छन । बिहिबार सांसद भवन छिरेका उनले हुम्ला को लामा जातिको संस्कृती झल्किने बख्खु मा पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन। लोकतान्त्रिक गणतन्त्रको गरिमा र महिमा नै भेषभुषा, चालचलन, रितिरिवाज, भाषा, संस्कृती, विभिन्न क्षेत्र, वर्ग लिङ्ग नै भएको कारण अफुले आफ्नो सस्कृती झल्काउने पहिरन मा सपथ लिंदा आफुलाई खुसी महशुस भएको साँसद लामाले बताए ।
हुम्लाको लामा समुदाय र अन्य भुभागमा उनीको कपडाबाट बनेको बख्खु पौराणिक लुगा हो ।यसपटक साँसद लामाले राष्ट्रिय स्तरमा नै चर्चा हुने गरी साँसद भवन प्रवेश गरेका हुन् । यसखालको पहिचानयुक्त पहिरनले एकपटक हुम्लालाई राजधानी पुर्याएको आभाष भएको हुम्ली जनताले महशुस गरेका छन् ।