तातोपानी कुण्ड नुहाउन भिड

हुम्ला–जिल्लाको सर्केगार्ड गाउँपालिका २ स्थित उनापानीको तातोपानी कुण्ड स्नान गर्नको भिड बढेको छ । हिमपात र जिल्लामा अत्याधिक चिसो बढेपछि सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा नुहाउनेको भिड लागेको हो ।
जाडो छल्नका लागि जिल्लाका अधिकाश स्थानहरु र जिल्ला बाहिर आउने पर्यटकहरु तातोपानी कुण्डमा नुहाउन आउने गरेका छन । जिल्लाका विभिन्न स्थानहरुमा तातोपानी कुण्ड भएपनि यो कुण्ड मध्य क्षेत्र पर्न भएकोले यस कुण्ड उपयुक्त गन्तव्य बनेको छ ।

हिमपातले अत्याधिक चिसो बढेपछि नुहाउनका लागि जिल्लाका विभिन्न स्थानमा रहेका तातोपानी कुण्ड नुहाउनेहरुको भिड बढदै गएको छ । हिमपातका कारण धारामा नुहाउन सक्ने अवस्था नभएपछि अधिकाश स्थानीयहरु तातोपानी कुण्डहरुमा नुहाउन जार्न थालेका छन ।

तातोपानी कुण्डमा नुहाउनका लागि जिल्लाका ७ वटै गाउँपालिका स्थानीयहरु २÷३ दिनको पैदल हिडेर खानपिनको बन्दोबस्तीका सामान सहित तातोपानी कुण्डमा पुग्ने गरेका छन ।
उनापानी गाउँ नजिकै रहेको कुण्डमा नुहाउन यो वर्ष २ देखि ३ हजार आन्तरिक तथा बाह्य पर्यटकहरुले नुहाएको सर्केगार्ड गाउँपालिका २ का ्स्थानीय जनक फडेराले बताउनुभयो । जिल्लाका दर्जनौ स्थानहरुमा रहेको तातोपानी कुण्डहरुमा स्थानीयहहरु यो समयमा भिड देखिदै आएका छन ।