माओबादी सकिन्छ- गोविन्द शाहि

हुम्ला,१३ फागुन । अवको केही समयबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) विलय हुने निश्चित भएको नेकपा एमाले प्रदेश कमिटी सदस्य गोविन्द बहादुर शाहीले दावी गरेका छन् ।

अस्थिरताकै अवस्थामा सरकार चलाई रहेको नेकपा माओवादी (केन्द्र) को भविष्य सकिएको सदस्य शाहीले दावी गरेका हुन् । शाहीले नेकपा एमाले सिमकोट गाउँकमिटी हुम्लाले शनिबार आयोजना गरेको मिसन ग्रासरुट अभियान कार्यक्रममा सो कुरा बताएका हुन ।

एमालेले जनतालाई भलाई हुने मात्रै काम गर्दै आएको दावी गरेका शाहिले एमालेले सामाजिक सुरक्षा भत्ताको कार्यक्रम, नेपालमा एमाले बाहेक अन्यले राम्रो नीति ल्याउन नसकेको, गरिव तथा निमुखा जनताहरुको न्यायको निम्ति पहल कदमी गर्दै आएको जनताको बहुदलिय जनबादको पार्टी एमाले मात्रै रहेको बताए ।

गाउँकमिटि हुम्लाले मिसन (ग्रासरुट) पार्टी सुदृढिकरण तथा विस्तार अभियान कार्यक्रमलाई सफलता गर्ने उदेश्यका साथ नेता तथा कार्यकर्ताहरु जुटि सकेको गाउँकमिटि सचिव तिर्थराज भण्डारीले बताए ।
कार्यक्रममा बोल्दै पर्यटन विभाग केन्द्रिय सदस्य लंक बहादुर शाहीले आफुहरुलाई दुई महिने अभियानमा खटाएको जानकार गराए । उनले एमालेको पार्टी स्थापना गरेको ७३ वर्ष पार गरेको र धेरै समय एमालेले प्रतिपक्षी दलको भुमिका खेल्दै आएको जानकारी दिए ।
जनताले सेवा पाउने खालका कार्यक्रम ल्याउदै गर्दा पनि विदेशी शक्तिको पावर लगाएर एमालेलाई नि. वर्तमान सरकारले पेल्ने काम गरेपछि यस अघि एमाले सरकारबाट बाहिरिनु परेको स्मरण गरे । कार्यक्रममा गाउकमिटि र वडाकमिट कार्य विभाजन, सिमकोट गाउकमिटिको रिक्त रहेको उपाध्यक्ष पद मनोनित र सिमकोट गाउँकमिटका अध्यक्ष चिन रावतको नेतृत्वमा १३ सदस्यीय पालिका सभादल गठन गरेको सचिव भण्डारीले बताए ।