चंखेलीको एम्बुलेन्स भुकम्पका घाइतेकोलागी संचालन

हुम्ला,२० कार्तिक । हुम्लाको चंखेली गाउँपालिकाले आफ्नो पालिकाको एम्बुलेन्स जाजारकोट र रुकुम पस्चिमका भुकम्प मा परि घाइतेको सेवामा संचालन गर्ने भएको छ ।

पालिका अन्तर्गत वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर शाहिले उक्त कुरा सामाजिक संजालमार्फत जानकारी गराएका छन ।

नेपालस्थित भारतिय राजदुतावासको आर्थिक सहयोगमा हुम्लाको चंखेली गाउँपालिका वडा नं ४ मा रहेको पाली स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सुर्खेत पुगेर सिधै भुकम्पले क्षती पुर्याएको जिल्लामा संचालन हुने छ ।

एम्बुलेन्सले स्थानीय जनताहरुलाई सहुलियत रुपमा सेवा दिने समेत अध्यक्ष शाहीले बताए ।