हुम्लाको सलिसल्लामा बेलिबृज उद्घाटन

हुम्ला,६ पुस।हुम्ला । हुम्लाको सलिसल्ला बेलिब्रिज उद्धघाटन भएको छ ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा बेलिब्रिज उद्धघाटन गरिएको हो । उद्घाटन संगै सर्केगाड गाउँपालिका औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको  छ ।
बेलिब्रिज सर्केगाड र चंखेली गाउँपालिकाको सिमानामा पर्छ । बेलिब्रिजको काम सम्पन्न भएसँगै दुई पालिका यातायातमा जोडिएका हुन ।

उद्धघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा संघीय सांसद छिरिङ डम्डुल लामा कार्चेन, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जिवन बहादुर शाही, प्रदेश मुख्यसचिव, सचिव, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकाया , चंखेली गाउँपालिका उपाध्यक्ष प्रेमकला शाही, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा वडा अध्यक्ष, सडक विभागका कर्मचारी र हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख सडक विभागका कर्मचारीको सहभागिता थियो ।
उनीहरु प्रदेश राजधानी सुर्खेतबाट हेलिकप्टरमा उद्धघाटन गर्न पुगेका थिए ।