राज शाही हुम्ला संसार नै यतिबेला कोरोना भाइरस कोभिड–१९ को सन्त्रासमा छ । नेपालमा पनि केही व्यक्तिमा सङ्क्रमण देखिएपछि यतिबेला देश बन्दाबन्दीमा छ । बन्दाबन्दीका कारण बाहिर हिँड्डुल गर्न नपाएका बेला रोग सङ्क्रमणको डर पनि मानिसको मनमा छ ।
मनोविज्ञान अध्येताका अनुसार हरेक मानिसमा डर हुनु स्वाभाविक हो, अझ असुरक्षाका बेला डर हुनु आवश्यक पनि हो । डरको मात्रा बढ्न थाल्यो र डरले नै व्यक्तिको दिनचर्या प्रभावित पार्न थालेको अवस्था भने राम्रो होइन ।
विशेष गरी महामारी जस्ता भौतिक, शारीरिक असुरक्षाको स्थितिमा मानिसको मनमा भएको डर व्यवस्थापन गर्नु जरुरी हुन्छ । यसैलाई मध्य नजर गर्दै जनतालाई भए त्रास रहित बनाउनका लागी र जनतामा सरकार भएको अनुभुती गराउनका लागी खार्पुनाथ गाउँ पालिकाका ५ वटै वडामा नेपाल कम्युनिष्ट पाटी नेकपाले गाउँ पालिकामा कोरोना भाइरसको संक्रमण रोकथामका लागि कमाण्ड पोष्ट र तत्काल उद्धार गर्नका लागि क्वीक रेस्पोन्स टिम गठन गरेको नेपाल कम्युनिष्ट पाटी खार्पुनाथ इन्चार्ज प्रकास बहादुर शाहीले बताएका छन् ।
जसमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा वलिराज शाहीको संयोजगत्वमा अमर ऐडी, खडक सिह रोकाया, पुस्ता शाही, भट्रराइ रावत, प्रवल सुनार र दिपेन्द्र शाही रहेका छन् ।
खार्पुनाथ गाउँ पालिका वडा नं नं ४ मा गोर्ख जेठाराको संयोजगत्वमा गोर्ख रोकाया, अदान रावल, काली बहादुर जेठारा, शोभन रावत, गोविन्द सिह र एटन्द्र शाही रहेका छन् । वडा नं ३ मा तुल बहादुर रावलको संयोजगत्वमा च्यागा बोहोरा, रामबहादुर वोहरा, कर्व वुढा, वलविर रावल, सिहविर सुनार र लालधन टमटा रहेका छन् ।
त्यसै गरी खार्पुनाथ गाउँ पालिका वडा नं २ मा ताराविर रावलको संयोजगत्व रहने गरी गेलाङ जेठारा, लामाक्याप, अशौजे रावल, जक्ती रावल, शिवकान्त रावल र लोकेन्द्र शाही रहेका छन् । सोही अनुसार वडा नं १ मा धने वुढाको संयोजगत्वमा राजबहादुर शाही, खडक शाही गुरुचन्द जैसी, वल वुढा, दिपबहादुर शाही र कमल ऐडी रहेका छन् ।
नेपाल कम्युनिष्ट पाटी खार्पुनाथ गाउँ पालिकाले टोल स्तरी ७ सदसी कमाण्ड पोष्ट र तत्काल उधार गर्नका लागि क्वीक रेस्पोनस टिप गठन गरेको खार्पुनाथ इन्चाज शाहीले बताएका छन् । इन्चार्ज शाहीका अनुसार खार्पुनाथ गाउँ पालिकाको वडा नं १ का ४ सय घरधुरीलाई कोरना भाइरसबाट बच्नका लागी मंगलबारबाट सावुन वितरण गरिने बताएका छन् ।
कर्णाली रैवार संवाददाता । ८ बैशाख २०७७, सोमबार १६:४२