४० हजार नहुंदा उनापानिकि जस्पुरि २ महिनादेखी अस्पतालमा

हुम्ला-हुम्ला सर्केगाड ३ उनापानीकी एक बिरामी खर्च अभावमा नेपालगंजमा छटपटिएकी छिन ।

सर्केगाड पालिका ३ उनापानीकी जयपुरी फडेरा  पित्त थैलिमा मासु पलाएको अप्रेसन गर्ने पैसा नहुंदा नेपालगंज भेरी अस्पतालमा २ महिना देखि छटपटाइरहेको देवर धर्मदत्त फडेराले कणालिरैबारलाइ बताए ।

फडेराले आफ्नी भाउजू बिगत २ महिनादेखी अस्पतालमा रहेको डाक्टरले पित्तथैलिको मासु पलाएको चांडो काट्नु पर्ने बताए पनि खर्छ अभावमा अप्रेसन हुन नसकिएको जसका कारण बिरामिको अवस्था नाजुक बन्दै गएको बताए ।

उनले भाउजुको अप्रेसनको लागि सहयोग गरिदिन सबैलाइ आग्रह गरेका छन । उनले भने” घरको आर्थिक अवस्था नाजुक भएकोले सबैलाइ भाउजुको उपचारमा खर्छ सहयोग गरिदिन अनुरोध गर्दछु ।”

सहयोगका लागि ……