हुम्लामा थपिए एक दिन १५ जना कोरोना संक्रमित

टहुम्लाको नाम्खा गाउँपालिकामा कोरोना संक्रमणकोरोनाको उच्च जोखिम बढेको छ ।  ३० गते गरिएको एन्टीजेन परिक्षण विधिबाट थप १५ जना कोरोना पुष्टि भएको हो ।
हाल सम्म नाम्खामै कोरोना पहिलो ४ जना दोसो दिन ८ जना र ३० गते १५ जना गरी २७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

समुदाय स्तरमै कोरोना जोखिम बढेपछि एन्टीजेन परिक्षण विधिको दायरा बढाएको नाम्खा गाँउपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए ।

एन्टीजेन विधि परिक्षण गरेर नेगेटिभ आएकालाई घरमा पठाएर होम क्वारेटिन राख्ने अध्यक्ष लामाले बताए। आफुहरू न्युनिकरण गर्न तर्फ गाँउपालिका लागि परेको अध्यक्ष लामाको भनाई छ। विशेष गरि याल्गुवाङ गुम्बा,टोपे,नाम्खा गाउँपालिकाको याल्वाङ स्थित महावौद्ध उच्च माध्यामिक विद्यालयको होस्टेलमा बसोवास गर्ने विद्यार्थीहरू कोरोना संक्रमण देखिएको छ । जिल्ला विपत व्यवस्थान समिति यस विषयमा मौन देखिएको छ ।

जिल्ला विपत व्यवस्थान समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले परिक्षणको दायरा फरािकलो गराएको स्थानीय तहसँग समन्व्य गरेको बताए ।
जिल्ला बाट स्वास्थ्यकर्मी अक्सिजन सहित नाम्खा तिर खटाईएको प्रमुख जिल्ला अधिकारीको भनाई छ । सिमकोट बजार क्षेत्रमा पनि अनावश्यक भिडभाड नगर्न र नागरिक स्वयम् आफै संचेत रहन आग्रह गरे ।

हुम्ला जिल्ला कोभिड १९ को उच्च जोखिम बढेकोले सदरमुखकाम सिमकोट नागरिकहरू तिहारमा सजक भएर तिहार मनाउन प्रमुख जिल्ला अधिकारी गिरी भनाई छ