नन्द सिंह हाल काठमाडौँमा बस्दै आउनु भएका हुम्लाको सिमकोट गाउँपालिका–५ का राजु रावतले क्वारेन्टाइन व्यवस्थापनका लागि वैशाख २२ गते सहयोग गर्ने निर्णय मात्र गरे पनि वैशाख २६ गते भने सिमकोट गाउँपालिका ५ र ६ का द्धोय वडाध्यक्षहरुलाई १ लाख ६५ हजार रुपैयाँ हस्तान्त्रण गर्नु गरिएको छ ।
जिल्ला सदरमुकाम सिकोटमा रावत स्वयंम आफु नभए पनि उनका आफन्त ९प्रतिनिधि० भिम रोकाया द्धारा सो आर्थिक हस्तान्त्रण गरिएको छ । सदरमुकाम सिमकोटमा रहेका दुई वटा क्वारेन्टाइन मध्ये एउटालाई ८२ हजार ५ सयका दरले रुपैयाँ भाग परेको सिमकोट गाउँपालिका ६ का वडाध्यक्ष जयचन्द्र रोकायाले बताए ।
हालै हस्तान्त्रण गरिएको रकमलाई दुई वटै स्थालका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई रुपैयाँ सहयोग नगरेर क्वारेन्टाइनमा चाँहिने सामग्रीलाई खरिद गर्ने सिमकोट गाउँपालिका ५ का वडाध्यक्ष कृष्ण बोहोराले बताए ।
देश भरि कोरोनाको संन्त्रास फैलिएपछि ०७६ चैत ११ गतेबाट नेपाल सरकारले लकडाउन गरेको भन्दै हुम्लाका सात वटै गाउँपालिकाले पनि कोरोना कोष स्थापना गरेर एक गाउँपालिकाले कम्तिमा पनि ५ लाखको औषधि र उपकरण खरिद गर्ने भनेर निर्णयमा मात्र सिमित गरे, तर यो सवै झुटो भएको भन्ने खवर आउँन थालेको छ ।
बास्तवमा तितो सत्य कैहिलै हुँदैन भने जस्तै सिमकोट गाउँपालिकाले पनि आफ्ना एक देखि आठ वटै वडाका क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुलाई गास,वास र कपासको लागि व्यवस्थापनका लागि करीव १५ लाख भन्दा वढि कोरोना कोषमा सपट गरेर राखेको भन्ने खवर भए पनि, हाल सोही वडाका विभिन्न क्वारेन्टाइन स्थलमा बस्नेहरुले पुरा मात्रामा व्यवस्थापन नभएको गुनासो गर्न थालेका छन् ।
कर्णाली रैवार संवाददाता । २७ बैशाख २०७७, शनिबार ०७:१६