पीसीआर विना हुम्ला प्रवेशमा निषेध

हुम्ला–लामो समय कोभिड– १९ को संक्रमित संख्या शुन्यमा रहेर ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा पनि कोराना सक्रमण पुष्टी भएपछि हवाई र स्थलमार्ग हुदै जिल्ला भित्रिने यात्रुले अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने भएको छ ।
पीसीआर परिक्षण रिर्पोट नेगेटिभ आएपछि मात्रै जिल्ला भित्रिन पाउने डिसि एम सी हुम्लाले निर्णय गरेको छ । सर्केगाड गाउँपालिका–५ की २१ वर्षीय किशोरीलाई कोभिड १९ को पुष्टी भएपछि डिसि एम सी बैठकले यस्तो निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अकिधकारी दत्तराज हमालको नेतृत्वमा बसेको डिसि एम सी बैठकले पिसीआर रिर्पोट बिना जिल्ला भित्रिन नपाउने जानकारी दिएको छ । आजै आईतबार बसेको डिसी एम सीको आपतकालिन बैठकले कोभिड–१९ को पुष्टी भएसँगै जिल्ला प्रहरी कार्यालय हुम्लाले कन्टयाक टेसिङ गरी सचेत र सजक रहन आग्रह गरेको छ ।
प्रहरी,प्रशासन, र स्थानीय तहले समयमै ध्यान नदिदा हुम्ला जिल्ला पनि अछुतो नरहेको सरोकारवालाले गुनासो गर्न थालेका छन् ।