अपहरण परेकी सांसद मल्ल प्रहरी सम्पर्कमा आएकाे बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए । उनका अनुसार सांसद मल्ललाई खाेज्न गएकाे प्रहरी टाेलीले भेटी सकेकाे छ । ‘फाेन नलाग्ने भएकाले विस्तृत जानकारी आउन बाँकी छ,’ धितालले भने, ‘अपहरण परेकाे भन्ने यकिन छैन । प्रहरी पुग्दा त्यहाँ अरु काेही थिएन ।’
कर्णाली रैवार संवाददाता । २४ फाल्गुन २०७५, शुक्रबार १७:२०