हुम्लामा पेट्रोलमा आगो लाग्दा एकजना घाइते

हुम्ला,१४ असार । हुम्लाको खार्पुनाथ गाउँपालिकामा आगोले पोलेर एक जना घाइते भएका छ्न ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ रायाका ३४ बर्षिय मेघराज टमटा आगोमा जलेर घाइते भएका हुन । जिल्ला प्रहरी कार्यालयका अनुसार असार १३ गते मिनरको बोतलमा राखेको पेट्रोल टुक्किमा खन्याउने क्रममा भान्साको आगोले भेट्दा घटना हुन पुगेको बताएको छ ।

आगोमा परि टमटाको पेट, हात, खुट्टामा पोलिएको छ । घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भैरहेको छ ।