हुम्लामा उपभोक्ता व्यवसायीक सरोकारवाला विचको अन्तरक्रिया!

हुम्ला-  उपभोक्ता व्यवसायीक सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको आयोजनामा आइतबार अन्तरक्रिया कार्यक्रम सन्चालन भएको हो ।

उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ, रोजगार गरौँ भन्ने मुल नाराका साथ दिउसो १२ वजे उक्त अन्तरक्रिया कार्यक्रम सन्चालन गरिएको थियो  ।
सो कार्यक्रममा बजार व्यवसायीले गर्नु पर्ने व्यवसायी गर्दै गर्दा विभिन्न नितिनियमहरु पुरा गर्नु पर्ने बताइएको छ ।

तर हुम्लाको सदरमुकाम सिमकोटमा भने केही होटेल पसलहरु दर्ता नगरेरै व्यवसाय गर्दै आएको पाइएको छ ।

बजार अनुगमन, मुल्य निर्धारण, मदिरा नियन्त्रण, उपभोग्य सामग्रिको महंगि, लगायतका विभिन्न विषयमा छलफल भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षता तथा सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा सुरक्षा निकायको प्रमुख, सरकारी कार्यालयका प्रमुख र व्यवसायहीहरुको सहभागिता रहेको थियो ।

यो भन्दा पछि बजार अनुगमन हुँदा बजारमा दर्ता नभएका पसल तथा होटेलहर भेटिएमा कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको भनाई रहेको छ ।