जुम्ला- अनेरास्ववियु जुम्ला जिल्ला इन्चार्ज विराज भण्डारि कणाली प्रदेश को उत्कृस्ठ इन्चार्ज को रुपमा सम्मानित भएका छन ।
दैलेखमा सम्पन्न भएको अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनमा भण्डारि सम्मानित भएका हुन । माघ ७ गते देखि ८ गते सम्म चलेको अधिवेसनमा अनेरास्ववियुका गतिविधिहरुमा सर्वोत्कृष्ट कार्य सम्पादन गरि कुशलतापुर्वक जिम्मेवारी पूरा गरेकाले भण्डारीलाई सम्मान-पत्र सहित सम्मानित गरेको आयोजक कमिटीले बताएको छ ।
उक्त सम्मान पत्र अनेरास्ववियु केन्द्रिय कमिटी अध्यक्ष समिक बराल, प्रमुख वक्ता नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल , बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज किशोर विक्रम मल्लले संयुक्त रुपमा हस्तानतरण गरेका थिय ।
कर्णाली रैवार संवाददाता । ८ माघ २०८०, सोमबार २१:४३