काठ्माडौ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालयले विदेशबाट फर्किने नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउनु परे भन्सार तिर्नुपर्ने निर्णय गरेको थियो।
त्यसबारे सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई तत्काल त्यस्तो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार सरकारको निर्णय पुस १५ गते अर्थात् शुक्रबारदेखि लागू गर्ने तयारी थियो।
प्रधानमन्त्रीको निर्देशनपछि तत्काललाई त्यो व्यवस्था लागू नहुने भएको छ। सरकारले एकभन्दा बढी मोवाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो।
कर्णाली रैवार संवाददाता । १५ पुष २०७९, शुक्रबार १९:०७