रतन बहादुर रावत
हुम्ला-सर्केगाड गाउँपालिकाले विकास बजेटकाे चरम रूपमा दुरुपयोग गरेकाे छ ।
सर्केगाड खाेलामा बेलिबृज पुल निर्माण हुन थालेपनि गाउँपालिकाले विकासी बजेटकाे दुरुपयोग गरेकाे पाइएकाे छ ।
२५ लाखमा काठेपुल निर्माण गर्न थालेपछि स्थानीयबासीहरूले गाउँपालिकाकाे आलोचना गर्न थालेका छन ।
सर्केगाड खाेलामा बेलिबृज निर्माण हुने ठाउँमा पच्चीस लाखमा ४ वटा रूख तेर्साएर काठेपुल निर्माण गरि बजेटकाे चरम दुरुपयोग गरेकाे एक स्थानीयबासीले जानकारी दिए ।
गाउँपालिकाले बजेटकाे दुरुपयोग गरेकाे ती स्थानीयले आक्राेश व्यत्त गरे ।
काठेपुल गाउँपालिकाले आफू निकट जिम्मा दिएर बजेट यसरी नै दुरुपयोग गरेकाे तथ्य फेला परेका छन ।
कर्णाली रैवार संवाददाता । ४ चैत्र २०७९, शनिबार १७:५४