१ सय ८६ कार्टुन अबैध झिनिगिन्टी बरामद

हुम्ला,२४ पुस । हुम्लामा १ सय ८६ कार्टुन अबैध मदिरा(झिनिगिन्टी) बरामद भएको छ ।

अवैध चिनियाँ मदिरा (झिनिगन्टी ) जिल्ला प्रहरी कार्यालय हुम्लाले
सोमबार साँझ साढे ८ वजे सिमकोट गाउँपालिका वडा नम्वर ४ को स्याप्ने भन्ने स्थान बाट नियन्त्रणमा लिइ बरामद गरेको हो ।

जिल्लाको तल्लो भेगतिर लिंदै गरेकाे ३१ खच्चरबाट ढुवानी हुन थालेकाे चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए। २ हजार २३२ बाेतल चिनियाँ मदिराकाे करिब ११ लाख १६ हजार रूपैया बराबरको मूल्य रहेकाे प्रहरी निरिक्षक चन्दले बताए।