बन्दावन्दीले गर्दा ढुवानी अनुदानको ३ केजी खाध्यन किनेर खान सकेनन

राज शाही–सिमकोट गाउँ पालिका–७ डाँडाफया गाउँका प्रति व्यक्ति ३ किलोका दरले पर्ने सरकारले ढुवानी अनुदानमा दिदै आएको खाद्यान्न बन्दावन्दीका कारण आर्थिक उपार्जन गर्न नसकेका उक्त वडाका दलित विपन्न घरपरिवारका मानिसले ३ किलो चामल पनि किनेर खान नसकेको सिमकोट गाउँ कार्य पालिका सदस्य विनोद विकले बताउनु भएको छ ।

यस्तो अवस्थामा दलित न्युन आए श्रोत भएका व्यक्तीको पहिचान गरि राज्यले निशुल्क खाध्यन्न उपलब्ध गराउनु पर्ने धारणा समेत सदस्य विकले राख्नु भएको छ । सो वडाका दलित न्युन आए श्रोत भएका व्यक्तिलाई दाउरा नवेची घरको चुलोमा आगो बल्न मुस्कील हुने गरेको छ ।

यो बन्दा वन्दीका वेला सो ठाउाका दलित अन्य समुदायका मानिसले दाउरा वेच्न नसकेकाले आर्थिक उपार्जन नहुदा सरकारले ढुवानी अनुदानमा दिएको ३ किलो चामल पनि किन्न नसकेको कार्यपालिका सदस्य विकको भनाई छ । नेपालका ७७ वटै जिल्लामा विपत व्यवस्थापन समिति गठन गरिएको छ । कोरना भाइरसको संक्रमण भित्रीन नदिन र भित्रीए पनि त्यसको उद्धार तथा उपचारमा सहयोग होस भन्ने उदेश्यकासाथ उक्त समिति गठन गरिएको हो । सो समिति सिमकोट गाउँ पालिका वडापालिकाहरुमा पनि सो समिति गठन गरिएको सिमकोट गाउँ कार्यपालिका सदस्य विनोद विकले बताउनु भएको छ ।