बच्चा जन्मिंदा नगर प्रमुख खुशी !

बाजुरा । कोल्टिमा बच्चा जन्मिंदा नगर प्रमुखले खुशी ब्यक्ती गरेका छ्न ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा सल्यकृया गरि बच्चा जन्मिंदा बुढिगंगा नगरपालिका का मेयर जनक बोहोरा खुशि भएका हुन ।
स्वास्थ्य केन्द्रमा बुढी गंगा नगरपालिका कि अस्मिता बिक को सल्यकृया पश्चात् बच्चा जन्मियको थियो ।
कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लाका उपकुलपती मंगल रावलको पहल मा प्रतिस्ठानका स्त्रीरोग बिशषज्ञ डाक्टर सोनाम गुरुङ को समुहले बिकको सल्यक्रिया गरेका थिय । सामाजिक संजाल मा स्टाटस लेख्दै मेयर बोहोराले खुशि ब्यक्त गरेका छन ।
उनको स्टाटस यस्तो छ :-                                                     

आज म हर्षविह्वल भएकाे दिन!!
राज्यले ७७आै स्थानकाे जिल्लाकाे पहिचान बनाईदिएकाेले बाजुराकाे याे नमिठाे पहिचान बदल्नुपर्छ भन्ने मान्यताका साथ बुढीनन्दा नगरपालिकाकाे नेतृत्व गरेर पदबहालीकै दिन बाटै शिक्षा र स्वास्थ्यलाई पहिलाे प्राथमिकता राखेर काम गरियाे, सुत्केरी हुन नसकेर मर्नुपर्ने,बाटाेमै बच्चा जन्माउनुपर्ने,उपचार हुन नसकेर महंगो जहाज चडेर नेपालगंज,धनगढीमा उपचार गर्नुपर्ने बाध्यताले पिराेलिरह्याे । त्यसैले सराेकारवाला हरेक निकायमा चहार्ने काम भयाे लामाे समयकाे प्रयत्न पश्चात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र उपकुलपति डा.मंगल रावलकाे विशेष पहल र सहयाेगमा स्त्रीरोग विशेषज्ञ डा. साेनाम गुरुङ ओटी नर्स भगवती रावल लगायतकाे टाेली प्राथमिक स्वास्थ्य केन्द्र काेल्टीमा खटिएर सेवा दिन सुरुवात गरेकाे पहिलाे दिनमै विपन्न नागरिकले आकस्मिक प्रसुति सेवा प्राप्त गर्ने ढाेका खुलाउन सफल भएका छाैं । बुनपा ६की अस्मिता विककाे सफल सल्यक्रिया गरि बच्चा जन्माई सुरुवात गरेर विपन्न नागरिककाे स्वास्थ्य समन्धी हकलाई कार्यान्वयन गर्ने प्रयास भएकाे छ ।
यसरी नै निकट भविश्यमा अन्य जरुरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने प्रण गर्दछौं । स्वास्थ्य विमा, फार्मेसी सेवा तुरुन्तै सन्चालन गर्नेकुरा सहर्ष जानकारी गराउदै यसका निम्ति अहाेरात्र खट्नुहुने स्वास्थ्य शाखा प्रमुख ओमजंङ शाही, मेडिकल अफिसर डा.चेत धामी एनेस्थेसीया असिस्टेन्ट लालबावु यादब लगायत सम्पुर्ण PHC परिवार काेल्टीलाई आभार ब्यक्त गर्दै सम्पुर्ण कुन्नाबासी र छिमेकी मुगु र हुम्ला जिल्लाबासी जनतालाई समेत काेल्टी PHC काे गुणस्तरीय स्वास्थ्य सेवाबाट प्रचुररुपमा लाभ हुनेछ!!