प्राइमसेवा एप्स मार्फत राइडर र प्रयोगकर्तालाइ ठूलो अफर !

हुम्ला,२४ पुस । पुर्ण रुपमा स्वदेशी लगानिबाट संचालन भएको राइड सेयरिंङ कम्पनी “प्राइम सेवा” ले राइडर र प्रयोगकर्ता दुबैलाइ अफर ल्याएको छ ।

नेपाली कम्पनीको नेपालिले चलाएको राइडसेयरिङ कम्पनी प्राइमसेवा ले एप्स मार्फत ६४ भन्दा बढी मल्टी सेवा दिएरहेको छ । उक्त कम्पनिले हालै विभिन्न किसिमका अफर प्याकेज सहित प्रयोगकर्ताको गोपनीयता, आन्तरिक वालेट, आपतकालीन संदेश,सुचना प्रवाह, प्रयोगकर्ताको आफ्नै रजिष्ट्री साथै कारोबार पिन कोड, आन्तरिक रकम प्राप्त गर्न र पठाउन सकिने, २४ सै घण्टा सेवा प्रदान गर्नुका साथै सेवा ग्राहि राइडरको हकमा बिमा सुविधा पनि रहेको कम्पनिले बताएको छ ।

कम्पनिका संचालक धनराज शाहिले बताए अनुसार प्राइम एप्स मार्फत प्राइम सेवाले १५ लाख सम्म दुर्घटना विमा, ५ लाख दुर्घटना उपचार खर्च, हस्पिटल डिस्चार्ज, एम्वुलेन्स ,यातायात खर्च वापत २५ हजार र दुर्घटना भएको ६ महिना सम्म २५ हजार आम्दानी गर्न असक्षम भएमा रु १ लाख थप गरिदिने बिमा पोलेसी पनि रहेको छ ।
प्राईमसेवा सुपर एप पूर्ण रुपमा स्वदेशी लगानी बाट संचालित कम्पनी भएकाले विज्ञान प्रबिधि एवं अन्वेषण जस्ता क्षेत्रमा कार्य गर्दै आईरहेको यस कम्पनिले राईड शेयारिङ प्लार्टफार्महरुले काठमाडौं उपत्यकामा दैनिक लाखौं आम्दानी गरेर देशको पुंजी विदेश पठाइरहेको बर्तमान अवस्थामा उक्त पुजि नेपाल र नेपालिलाइ नै होस भन्ने उद्देश्यका साथ यो सेवा सुचारु गरिएको सेयर होल्डर अनुपराज शाहिले बताए ।

उक्त तथ्यांक लाई मध्यनजर गर्दै प्राईमसेवाले पनि राईड शेयारिंङ प्लार्टफार्म सेवा सुचारु गरेको बताइएको छ ।

किन प्राईमसेवा?

पहिलो १० हजार विद्यार्थीहरू लाई कम्पनीको ५ कित्ता शेयर नि:शुल्क वितरण।

पहिलो १० हजार राईडरहरु लाई कम्पनीको ५ कित्ता शेयर नि:शुल्क वितरण।

प्रयोकर्ता र राईडर दुबै पक्षको दुर्घटना विमा सुरक्षित रहेको छ।

प्राईमसेवाले आफ्नो कुल आम्दानीको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने छ।

एप्स डाउनलोड गरी विद्यार्थी र राईडरको हगमा नि:शुल्क ५ कित्ता शेयर प्राप्त गर्ने अवसर पनि भएको पनि कम्पनिले बताएको छ ।