जुम्ला चन्दनाथ नगरपालिका मेयर कंग्रेस प्रवेश !

जुम्ला,३० जेठ ।  जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत कंग्रेसमा फर्कियका छ्न  ।

कांग्रेसले टिकट नदिएपछि पार्टीको महासमिति सदस्यबाट राजीनामा दिएर स्थानिय चुनावमा जुम्लाको एक मात्र नगरपालिका चन्दनाथ नगरपालिका को मेयरको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

स्वतन्त्रमा उम्मेदवारी दिएका कठायतले एकीकृत समाजवादी र राप्रपासँग गठबन्धन गरेर  कांग्रेसका अधिकारिक उम्मेदवार पदम शाहीलाई पराजित गरेका थिए ।

कांग्रेसमा फर्किन चाहेको भन्दै निवेदन दिएपछि मेयर कठायतमाथिको कारबाही फुकुवा भएको छ । अब उनी स्वतः कांग्रेसको महासमिति सदस्यमा फर्किएका छन् । यस्तै उनीहरुका समर्थक र प्रस्तावकमाथिको कारबाही पनि फुकुवा भएको छ ।

कंग्रेस अनुशासन समितिका सदस्यसचिव प्रेम केसीले जिल्लाको सिफारिसपछि तीन दर्जन नेताको कारबाही फुकुवा गरिएको बताए । उनीहरु प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सक्रियतापूर्वक पार्टीको पक्षमा लागेपछि कारबाही फुकुवा गरिएको उनको भनाइ छ ।