सरकार विरुद्ध जुम्लामा प्रदर्शन !

जुम्ला,१६ पुस । जुम्लामा सरकार बिरुद्ध प्रदर्शन गरिएको छ ।

आइतबार जुम्ला खलंगामा एमाले निकट अनेरास्ववियु र युवा संघ जुम्लाले संयुक्त रुपमा सरकार विरुद्ध शान्तिपुर्ण आन्दोलन गरेको हो । अनेरास्ववियु र राष्ट्रिय युवा संघ जुम्ला जिल्ला कमिटीको संयुक्त आयोजनामा  सरकारको रबैया विरुद्ध “सरकार सकिन्छ रोजगारी दे, नसके शान्तिपूर्ण वातावरणमा बस्न दे ” भन्दै नाराजुलुश सहित र्याली गरिएको अनेरास्ववियु केन्दृय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज बिराज भण्डारिले बताए ।

शनिबार काठमाडौमा इपिएस कोरियाको परीक्षा बिषयमा भएको आन्दोलनमा २ जना युवाको मृत्यु भएपछी देशभरि सरकारको आलोचना र सरकार बिरोधी गतिबिधी भैरहेको छ ।