बाजुरा– हिमाली गाउँपालिका-२ स्थित नातिखाेलाकाे लघु जलविद्युत निर्माण आयाेजनाकाे काम गर्ने क्रममा एक किशाेेरी लडेर घाइते भएकी छन।
बाजुराको हिमाली गाउँपालिका-१ निवासी १८ वर्षकी जानकली थापा भिरबाट खसेर गम्भीर घाईते भएकी हुन।
लडेर गम्भीर घाइते भएकी थापालाई टाउकोमा गहिराे चाेट लागेकाे हुदाँ उपचारकाे लागि हेलिकप्टरबाट उद्वार गरि सुर्खेत स्थित प्रार्देशिक अस्पतालमा उपचार भएकाे स्थानीय सार्जन थापाले जानकारी दिए।
कर्णाली प्रार्देशिक अस्पताल सुर्खेतमा आईसुमा उपचार भईरहेकाे थापाले बताए ।
कर्णाली रैवार संवाददाता । ९ माघ २०८०, मंगलवार २०:२३