हुम्लामा आरडिटि किट टेस्ट सुरु, २५ जनाको टेस्ट गरि सकियो ।

नन्द सिंह जिल्लाको सदरमुकाम सिमकोटमा रहेको क्वारेन्टाइन स्थलमा बस्दै आएका व्यक्तिहरुको र्यापिड डाग्नोस्टिक टेस्ट सुरु भएको छ । विगत लामो दिनदेखि सदरमुकाम सिमकोट र गाउँमा  रहेका क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको डाग्नोस्टिक टेस्ट संचालन चैत २९ गतेबाट सुरु गरिएको रानिवन स्थित क्वारेन्टाइनका सुचना अधिकारी परजित बोहराले बताउनु भएको छ ।

सिमकोट रानिवन स्थितका २२ जना र क्वारेन्टाइन बाहिरका ३ जना व्यक्ति गरेर जम्मा २५ जनाको टेस्ट गरि सकिएको छ । आजबाट क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको डाग्नोस्टिक टेस्ट सुरु गरि यदि पोजेटिप रिर्पोट आएपछि सो व्यक्तिको घाँटी र नाकबाट स्वाव निकालि कर्णाली प्रदेशमा रहेको सुर्खेत स्थित सेन्टल ल्यापमा पठाइने डाक्टर नविन रोकायाले बताउनु भयो ।

उहँले भन्नु भयो, यतिमात्र नभएर हालसम्म हुम्लामा भित्रिएका करीव ८ सय ७४ जनाकै आरडिटि किट टेस्ट हुने भएको छ । जस्मा सो किट टेस्टका लागि चैत ३० गतेबाट जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्यापटेक्निसियन बलिराज भण्डारी ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुलि र चंखेलि गाउँपालिका तर्फ प्रस्थान हुने छन भने भक्ति फडेरा उत्तरी नाम्खा गाउँपालिका भेगक्षेत्रतर्फ लाग्ने डाक्टर रोकायाको भनाई छ । सो किड टेस्टका लागि हुम्लाका सात ओटै स्थानीय तहहरुलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुमलाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र २९, २०७६     5:56:14 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *